क्लबको रजत महोत्सव

0
Shares

नेपाल समाचारपत्र, काभ्रे ।

दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लव भुम्लु गाउँपालिका दोलालघाटको रजत महोत्सव विविध कार्यक्रमका साथ मनाइने भएको छ।

बागमती प्रदेशका उपसभामुख राधिका तामाध्रको प्रमुख आतिथ्यतमा मनाइने रजत महोत्सव कार्यक्रममा रजत ड्डयाली लगायतका कार्यक्रम अयाोजना गरिएको अध्यक्ष अष्टबहादुर श्रेष्ठले जानकारी दिनुभयो। रजत महोत्सवको अवसर पारी अरनिको राजमार्गस्थित ५६ किलोबाट चाखोलासम्म रजत ड्डयाली, रक्तदान, गौतम बुद्धको प्रतिमा अनावरण, संस्थाको स्मारिका प्रकाशन, विशिष्ठ व्यक्ति र संस्थालाई सम्मान, चन्दादाताहरुलाई प्रशंशापत्रसहित सम्मान र चन्दाताहरुकोे

शिलालेखमा लेखिएको नाम अनावरण, पर्यटन वर्ष २०२० लाई लक्षित गरी राष्टिझय तथा स्थानीय कलाकाहरु सहभागि भई आयोजना गरिएको सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ। गौतम बुद्धको प्रतिमा निर्माणका लागि ३ लाख रुपियाँभन्दा धेरै खर्च भएको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। सामाजिक कार्यमा अनवरत सक्रिय संस्था दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लवले पुर्व श्रम राज्य मन्त्री गोविन्दनाथ उप्रेति, युवा व्यवसायी विश्व श्रेष्ठ,कुष्ठरोग निवारण संघ गौशालालाई सम्मान गर्नेछ। विश्व श्रेष्ठले अक्षय कोष स्थापना गरी उक्त कोषबाट वार्षिक प्राप्त हुने १ लाख १५ हजार रुपियाँबाट दुलालेश्वर माबिमा अध्ययन गर्ने छात्रछात्राहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएका छन्।

चन्दाताहरुबाट संकलित रकम मध्येबाट बढी भएको रकम समाज सेवामा खर्च गरिनेछ। राष्टिझय कलाकारहरु जितु नेपाल, सरोज लामिछाने, सिमा भण्डारी, द नेक्स्ट स्टेप डान्स एकेडेमी पाँचखाललगायतका कलाकारहरुको सहभागिता रहनेछ।