सर्वोच्चको कागपत्र, छाप किर्ते गरी जग्गा दर्ता गर्ने पक्राउ

0
Shares

गोकुल घोरसाइने, बारा

सरकारी कागज, छाप र दस्तखत किर्ते गरी सार्वजनिक जग्गा हडप्न खोज्ने सर्वोच्च अदालतका निवर्तमान सुब्बासहित ७ जनलाई बारा प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय सिमराले बाराको जितपुरसिमरा वडा नम्बर २३ को साविक कित्ता नम्बर ६१ को एक बिगहा १० कठ्ठा सार्वजनिक जग्गा काठमाण्डौ निवासी प्रधुम्नराज पाण्डेको नाममा दर्ता गर्न सर्वोच्च अदालतको अभिलेख शाखाको कागज किर्ते गरेको अभियोगमा प्रहरीले सर्वाेच्चका पुर्व नायब सुब्बा हस्तबहादुर नेपाली, बाराको महागढिमाई नगरपालिका वडा नं ८ का वोहाव अन्सारी, कलैयाका प्रह्लाद प्रसाद रेग्मी र कैलाली जिल्ला गोदावरी नगरपालिकाका चन्द्र बहादुर सिंहसमेतलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

पथलैया–विरगञ्ज औधोगिक करिडोरको मुल सडकसँग जोडिएको करोडौ मुल्य पर्ने सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गराउने कार्य गर्दै आएको पाण्डेले सर्वोच्च अदालतकै कर्मचारीलाईसमेत प्रभावमा पारी २० बिगाहा जग्गा आफ्नो नाममा दर्ता गराईसकेको प्रहरीको अनुसन्धानले देखिएको प्रहरीले बताएको छ ।

पक्राउ परेका चारै जनाको मिलेमतोमा सर्वोच्च अदालतको कागज किर्ते गरी जग्गा दर्ता गरेको प्रहरी र सर्वोच्चका निवर्तमान सुब्बा सहितका सातै जनालाई म्याद थप गरी सरकारी काजग किर्ते मुद्दामा कार्यवाही चलाएको बाराका प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाद पंगेनीले जानकारी दिनुभएको छ ।