टाइम्स र ऋतलाई उपाधि


काठमाडौं, (नेस)
टाइम्स इन्टरनेसनल कलेज र ऋत एकेडेमी पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत फुटसलमा मंगलबार च्याम्पियन बनेका छन्। टाइम्स ब्वाइज तथा ऋत गल्र्समा पहिलो भए।
माकलबारीस्थित मनकामना फुटसलमा भएको ब्वाइज फाइनलमा टाइम्सले समृद्धिलाई १–० गोलले पराजित ग¥यो। टोलीको जितमा सुनिल गोलेले निर्णायक गोल गरेका थिए। गल्र्सको उपाधि भिडन्तमा ऋतले जेभियर इन्टरनेसनल कलेजलाई टाइब्रेकरमा हरायो।
निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय सीधै पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टी सुटआउटमा ऋतका अस्मिता घिमिरे, प्रतीक्षा भण्डारी र नम्रता बुढाथोकीले गोल गरे। जेभियरबाट चेतना केसी र लाक्पा शेर्पाले गोल गरे।
काठमाडौं हिसानद्वारा आयोजित खेलकुद सप्ताहमा फुटसलसहित बास्केटबल, भलिबल, टग अफ वार र टेबलटेनिस गरी ५ खेलमा प्रतिस्पर्धा भएको थियो। बास्केटबलको ब्वाइजमा जेभियर र गल्र्समा साइपाल एकेडेमी पहिलो भएका थिए।
भलिबलको ब्वाइजमा गीताञ्जली र गल्र्समा ग्रिनफिल्डले उपाधि जिते। टग अफ वारको ब्वाइजमा जया मल्टिपल कलेज र गल्र्समा ऋत एकेडेमीले शीर्ष स्थान हात पारेका थिए। सिंगल्स स्पर्धामा प्रतिस्पर्धा भएको टेबलटेनिसको ब्वाइजमा आदर्श विद्या मन्दिर (एभीएम) का संयोग कपाली र गल्र्समा लिभरपुल इन्टरनेसनल कलेजकी मन्जु सुवालले स्वर्ण जितेका थिए।
‘पहिलो मित्रता अनि प्रतिस्पर्धा’ नारा दिइएको खेलकुद सप्ताहअन्तर्गत बास्केटबल र भलिबल बसुन्धरास्थित ऋत एकेडेमी, टग अफ वार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् तथा टेबलटेनिस नयाँ बानेश्वरस्थित प्रिमियर इन्टरनेसनल कलेजमा भएको थियो।