दाइजो प्रथा र महिला हिंसा समाजमा अझै रहनु दुःखद: राष्ट्रपति


सञ्जय कार्की, रौतहट।
दाइजो, बोक्सी प्रथा र महिंला हिंसाका घटना समाजमा अझै कायम रहेकाले यस्तो समाजिक कूरीति हुनु दुःखद् भएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनुभएको छ ।
उहाँले भ्रमण वर्षको सन्दर्भ पारेर सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ मौलापुर नगरपालिकाले गरेको महायज्ञमा बोल्दै सो कु्रा बताउनुभएको हो।
आरध्य देव शिवको पूजाआजा गरी लीला प्रर्दशन गर्ने यस पवित्र धर्तीलाई पुजन सम्मान गर्ने यहाँको ऐतिहासिक मौलिक परम्परालाई महायज्ञले थप उजागर गरेको बताउनुहुँदै उहाँले भन्नुभयो– ‘विविध जातजातिबीच एकता र सहिष्णुताको बलियो जगमा विकसित यस क्षेत्रले हाम्रो सांस्कृतिक गौरवलाई माथि उठाएको छ।’
प्रदेश नम्बर–२ सरकारले बेटी पढाउ, बेटी बचाउ अभियानको प्रशंसा गर्दै उहाँले छोरी शिक्षा प्रभावकारी रहेको उल्लेख गर्नुभयो। मौलापुरमा रहेको पुरातात्विक महत्व बोकेको कर्नाटकालीन महादेवको उहाँले विशेष पूजा गर्नुभएको छ।
पूजापछिको आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारले तराइको विकासलाई उच्च प्राथमिकता दिँदै हुलाकी मार्गको कार्य सम्पन्न गर्ने, आधुनिक एकीकृत वस्ती विकास गर्ने, जनता आवास कार्यक्रम सुदृढ गर्ने, स्वास्थ्यकेन्द्र प्रवद्र्धन पार्ने, शान्ति सुरक्षा थप सुदृढ गर्ने र पर्यटन विकास गर्ने निश्चित लक्ष्य लिएर अघि बढेको बताउनुहुँदै उहाँले सरकारको महत्व र गौरवको योजनामा काठमाडौं दू्रतमार्ग र नीजगढ अन्तर्राष्ट्रिय विमानस्थल रहेका छ। बाह्य पर्यटक आउनलाई यी दुवै योजना सम्पन्न भएपछि सहज हुने उहाँले बताउनुभयो।
प्रदेश सरकारले उत्पादन वृद्धि र पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने भन्दै उहाँले कृषि उपजका लागि प्रदेश नम्बर २ को उर्वर भूमिलाई प्रदेश सरकारले प्रथामिकतामा राखेर माछापालनमा जोड दिनुपर्ने बताउनुभयो।
तालतलैयाको संरक्षण नहुनु, बढ्दो वन विनाश र प्राकृतिक दोहनलगायत जलवायु परिवर्तनका कारण वर्षेनी धनजनको क्षति हुने गरेको प्रति दुःख व्यतm गर्दै उहाँले चुरे संरक्षण र तटबन्धको कार्यमा सरकारले जोड दिनुपर्ने बताउनुभयो।