गाउँपालिकाको आफ्नै एम्बुलेन्स


पर्वत, (नेस)
गाउँघरमा बिरामी परेको बेला तत्कालै अस्पताल पु¥याउन सहयोग पुगोस् भन्ने उद्देश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ।
पर्वतको जलजला गाउँपालिकाले भारतीय दूतावासको सहयोगमा प्राप्त भएको उक्त एम्बुलेन्स केही समय अघिसम्म मल्लाज स्वास्थ्य चौकी मातहत सञ्चालन हुँदै आएको थियो।
तर, बिग्रिएर आर्थिक अभावका कारण मर्मत हुन नसकेपछि त्यत्तिकै थन्किएको एम्बुलेन्स गाउँपालिकाले मर्मत गरी आफ्नै मातहत सञ्चालन गर्न थालेको जलजला गाउँपालिकाका प्रमुअ प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो।
जलजला गाउँपालिकाका अधिकांश वडाहरू शहरोन्मुख ग्रामीण क्षेत्रमा रहेका छन्। ती क्षेत्रका मानिहरू सुत्केरी व्यथा लागेमा वा अन्य कुनै खालको बिरामी परेमा पनि तत्काल सवारीसाधन नपाउँदा थुप्रै खालका सास्ती व्यहोर्दै आएका थिए।
यसले गाउँपालिकाका ९ वटै वडा तथा बेनी–मालढुंगा सडकमा हुने दुर्घटनालगायत छिमेकी जिल्ला म्याग्दी, बाग्लुङ र पर्वतका विभिन्न पालिकाहरूका बासिन्दाहरूलाई सहज रूपमा सेवा दिने भएको छ।