महाशिवरात्रिमा सानिमा बैंकको डिजिटल प्रसाद


सानिमा बैंकले महाशिवरात्रिको उपलक्ष्यमा ग्राहकलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ। बैंकले नयाँ तथा पुराना ग्राहकलाई लक्षित गर्दै तीन दिनको लागि डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ।
यो योजना अन्तर्गत विवाहित दम्पत्तीले खाता खोली डेबिट कार्ड र मोबाइल बैंकिङ आवेदन गर्दा एक जनाले डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा निःशुल्क पाउनु हुनेछ।
त्यस्तै महिला ग्राहकले सय रुपियाँको नेपाल टेलिकम वा एनसेलको टपअप पनि पाउनु हुनेछ। यो योजना फागुन ७ गतेदेखि ११ गतेसम्मका लागि लागू गरिएको बैंकले जनाएको छ।