नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघबीच सम्झौता


नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा उद्योग तथा व्यवसाय प्रवद्र्धन विषयक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ। सो कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठबीच बैंक र संघका सदस्यलाई, व्यवसाय प्रवद्र्धन तथा बैकिङ सेवा सुलभ तवरवाट उपलब्ध गराउनेसम्बन्धी सम्झौतासमेत भएको छ।
सम्झौतासंँगै नबिल बैंकले भक्तपुर उद्योग वाणिज्य संघका सदस्यका साथ साथै देशभरका व्यवसाय र उद्योग क्षेत्रको प्रवद्र्धन र संरक्षणको लागि बैंकले सहयोग गर्ने उल्लेख गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले भन्नुभयो–‘नबिल बंैकले भक्तपुर तथा देशभर रहेका व्यवसाय र उद्योग क्षेत्रलाई संरक्षण र उन्नतीको लागि नबिल बैंक तत्पर रहनेछ।
व्यवसाय र उद्योग क्षेत्रको विकासका लागि भक्तपुर उद्योग वाणिज्य संघसंग सहकार्य गर्न पाउँदा हामी निकै खुशी छौं। यो सहकार्यले उद्योग वाणिज्य क्षेत्रमा आवद्ध भएका व्यवसायलाई लाभ हुने विश्वास हामीले लिएका छौं।’
त्यस्तै भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठले भन्नुभयो–‘ भक्तपुर उद्योग वाणिज्य संघले नबिल बंैकसँंग सम्झौता गरी भक्तपुरका व्यवसाय र उद्योग क्षेत्रको प्रवद्र्धन गर्न बैंकको साथ पाउँदा निकै खुशी लागेको छ।’