मेगा बैंकको कर्पोरेट बेनिफिट सेभिङ्स अकाउन्ट


मेगा बैंक नेपालले ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ्स अकाउन्ट’ नामक बचत योजना ल्याएको छ। सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कर्मचारीका लागि बैंकले मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट २०२० संस्करण ल्याएको हो।
न्यूनतम १ हजार रुपियाँ बचत हुनुपर्ने यस खातामा ६ दशमलव ५ प्रतिशत ब्याज पाइनुका साथै विभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ। यस योजनामा ग्राहकलाई ५० हजार रुपियाँसम्मको मेडिकल बीमा गरिएको छ भने ७ लाख रुपियाँको दुर्घटना बीमाको व्यवस्था गरिएको छ।
यसैगरी, मोबाइल बैंकिङ, डेबिट कार्ड र क्रेडिट कार्ड पहिलो वर्ष निःशुल्क रुपमा उपलब्ध गराइने बैंकले जनाएको छ। यस्तै, नेपालभित्रका जुनसुकै बैंकका एटीमबाट रकम झिक्न पनि निःशुल्क व्यवस्था गरिएको छ।