सेञ्चुरी बैंकको स्वतन्त्र सञ्चालकमा प्रधान


सेञ्चुरी कमर्सियल बैंकको सञ्चालक समितिको ३०५औं बैठकले प्रा.डा. गीता प्रधानलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको छ।
बैंकले काठमाडौं उपत्यकामा १३ शाखा र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखा र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ गरी जम्मा १३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ।