कृषि मेलामा ५३ कृषक पुरस्कृत

0
Shares

सीताराम अधिकारी,धादिङ ।

निलकण्ठ नगरपालिका वडा नम्बर ३ खुलामञ्चमा आयोजित सातौँ धादिङ महोत्सबमा भएको कृषि मेला प्रदर्शनीमा ५३ जना कृषक पुरस्कृत भएका छन् ।

जिल्लाभरबाट २ सय ६१ जना कृषकहरुको चारसय भन्दा बढी कृषि उपजहरु प्रदर्शनीमा राखिएको थियो । काउलीबाली तर्फ धुनीबेसीका विदुर भट्टराई, निलकण्ठका टेकबहादुर मगर, बेनिघाटरोराङका भरत डल्लाकोटी र बेनिघाट रोराङका टंक बस्नेत क्रमशः प्रथम द्वितिय, तृतिय र सान्त्वना घोषित हुनुभएको छ । यसैगरि साग तरकाली बालीतर्फ नीलकण्ठका सन्तोषी थापा, नीलकण्ठका जमुना रिजाल, निलकण्ठका अनिता तामाङ र नीलकण्ठका शारदा दुवाडी प्रथम द्वितिय, तृतिय र सान्त्वना हुनुभएको छ ।

अन्य तरकाली बाली तर्फ बेनिघाटरोराङका उज्ज्लबहादुर गुरुङको सिर्जना जातको गोलभेडा प्रथम, बेनिघाट रोराङका बुद्धिराज थपलियाको जुकिनी जातको फर्सी द्वितिय, खनियाबासका कविता तामाङको स्थानीय जातको फर्सी तृतिय र नीलकण्ठका महिमा थापामगरको गोलभेडाले सान्त्वना पुरस्कार पाएका छन् । यसैगरि फलफूलबालीतर्फ नीलकण्ठका संचिता दहालको कागती प्रथम, बेनिद्धाटरोराङका अम्बर गुरुङको सुन्तला द्वितिय, गजुरीका चेत नारायण श्रेष्ठको केरा तृतिय र सिद्धलेकका गिताबहादुर सिलवालको मेवा सान्त्वना भएका छन् ।

आलुबालीतर्फ निलकण्ठका सिर्जना श्रेष्ठ प्रथम, बेनिघाटरोराङका गोबिन्द सिलवाल द्वितिय, निलकण्ठका अन्त नारायण श्रेष्ठ तृतिय र निलकण्ठटका छबिलाल श्रेष्ठ सान्त्वना हुनुभएको छ । मसला बालीतर्फ नीलकण्ठका बच्चे नेपाली, निलकण्ठका मेघराज दुवाडी, बेनिघाटरोराङका मेश दुवाडी र निलकण्ठका चन्द्रबहादुर। मगराती प्रथम द्वितिय, तृतिय र सान्त्वना भएका छन् । जरेबालीतर्फ निलकण्ठका सन्तोष दुवाडी, गजुरीका कुम्भराज उप्रेती, निलकण्ठका पदमबहादुर श्रेष्ठ र बेनिघाटरोराङका रेजु थपलिया क्रमशः प्रथम, द्वितिय, तृतिय र सान्त्वना घोषित भएका छन् ।

नगदेबालीतर्फ निलकण्ठका राममायाँ श्रेष्ठको तोरीबाली प्रथम, प्रदिप दुवाडीको मास बाली द्वितिय, भगवतीमल्ल ठकुरीको, कफी तृतिय र घिमिरे कृति तथा पशुपञ्छी फर्मको उखु सान्त्वना भएका छन् । यसैगरि खाद्यान्न बालीीतर्फ बेनिघाटका तिलक भट्टराई प्रथम, निलकण्ठका सिर्जना श्रेष्ठ द्वितिय, नीलकण्ठका रामकृष्ण खनाल तृतिय र निलकण्ठका विष्णुप्रसाद पोखरेल सान्त्वना हुनुभएको छ । विविध समूहतर्फ निलकण्ठका तपकान्त दुवाडीको च्याउ प्रथम, सिद्धलेकका भद्र गिरीको मौरी द्वितिय र निलकण्ठका गणेशकुमार श्रेष्ठको कागती तृतिय घोषित भएका छन् ।

कृषि प्रदर्शनीको समग्र मुल्यांकन गर्दा बेनिघाटरोराङका गोमादेबी सिलवालको काउली, बेनिघाटरोराङका लिलाकुमारी बस्नेतको ब्रोकाउली, निलकण्ठको ब्रम्हकुमाराी सेवा केन्द्रको रायो, निलकण्ठका मस्टिका रिमालको रायो, र निलकण्ठका अस्मिता लम्सालको रायो पुरस्कृत भएको कृषि समितिका संयोजक तथा मूल्यांकन समितिका संयोजक रामकुमार शाहले जानाकारी दिनुभयो ।

पुरस्कृत कृषकहरुलाई फागुन १० गते खुलामञ्चबाट पुरस्कार वितरण गरिने भएकोले सहभागिताका लागि आयोजकले सोही दिन महोत्ससब स्थल आउन आब्हान गरेको छ।