राजमो निकट महिला संघको अध्यक्षमा मीना


यमलाल भुसाल, बुटवल ।
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघको ७ औं राष्ट्रिय सम्मेलन बुटवलमा सम्पन्न भएको छ । सम्मेलनले मिना पुनको अध्यक्षतामा केन्द्रिय समिति गठन गरेको छ ।

दुइ दिसम्म चलेको सम्मेलनले २१ पूर्ण र ६ वैकल्पिक सदस्य गरी २७ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ ।

सम्मेलनबाट महासचिवमा शकुन्तला राना, उपाध्यक्षमा लक्ष्मी बास्कोटा, सरस्वती पौडेल, पदमा पाण्डे, सचिवमा तारा जीसी र कोषाध्यक्षमा रितु केसी निर्वाचित हुनु भएको छ ।

सदस्यहरुमा कल्पना पाखरेल, कमला पौडेल, पूर्णिमा आचार्य, भानु केसी, हिरा शाही, दिलमाया पुन, कुन्ती पाण्डे, पदमा पण्डित, सपना बराल, कोपिला शंकर, कमला चौधरी, सरस्वती कार्की, नरमती सिंजाली, रुद्रा केसी, कृष्ण रावल रहनु भएको छ ।

त्यस्तै वैकल्पिक सदस्यहरुमा पूर्णकला भण्डारी, कमला पौडेल, सारदा थापा, हुमा पोखरेल, सीता आचार्य, शारदा खत्रीलाई चयन हुनु भएको छ ।

त्यसैगरी सल्लाहकारमा दुर्गा पौडेल, निर्मला अर्याल, चन्दवदन श्रेष्ठ, पवित्रा जिसी र सम्झना सुवेदी रहनु भएको सचिव तारा जीसीले जानकारी गराउनु भएको छ ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा सांसद दुर्गा पौडेल र नेकपा मसालका रुपन्देही प्रवक्ता नारायण जिसीले बधाई दिनुभयो ।

उक्त कार्यक्रममा बोल्दै सांसद पौडेलले सम्पतिमा समान अधिकार र महिला हिंसाको अन्त्यका लागि महिलाहरुलाई अझै संगठित गर्नुपर्ने बताउनु भयो ।

उहांले संविधानले दिएका अधिकार पनि प्राप्तिका लागि पनि महिला आन्दोलनलाइ अगाडी बढाउने गरी नेतृत्वदायी भूमिका खेल्न नवनिर्वाचत कार्यसमितिलाई आग्रह गर्नुभयो ।