सिटिजन्स बैंकद्वारा सिसिटिभी जडान गर्न आर्थिक सहयोग


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पोखरामा सिसिटिभी जडान गर्न उपभोक्ता समितिलाई ७५ हजार रुपियाँ सहयोग गरेको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीमा आयोजित एक कार्यक्रमकाबीच बैंकले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो।

बैंक तथा वित्तीय संस्था, सुनचाँदीपसल र आर्थिक कारोबार हुने व्यबसायीहरूको सुरक्षाको हेतुले पोखरा महानगर पालिकाको पालीकाचोक देखि राष्ट्रबैंक चोकसम्म समितिले सिसिटिभी जडान गर्ने योजना अगाडी सारेको छ।