हेटौंडा, (नेस)।
मकवानपुरको बाग्मती गाउँपालिकास्थित फापरबारीमा शुरू भएको तेस्रो संस्करणको बाग्मती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बाग्मती गाउँपालिका विजयी भएको छ।
आयोजक टोलीले सर्लाहीको बाग्मती नगरपालिकालाई १–० ले पराजित गरेको हो। खेलको १० मिनेटमै बाग्मतीका लागि बाबुराम माझीले निर्णायक गोल गरेका हुन्। खेलको म्यान अफ दि म्याच गोलकिपर अमृत पाख्रिन भए। उनले नगद ५ हजार प्राप्त गरेका छन्।











प्रतिक्रिया