एभरेष्ट बैंकद्वारा अपांगमैत्री सार्वजनिक शौचालय हस्तान्तरण

0
Shares

एभरेष्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पश्चिमतर्फ छक्कुबक्कु मन्दिर नजिकै अपांगमैत्री सार्वजनिक शौचालय निर्माण सम्पन्न गरी काठमाडौं महानगरपालिका– १० लाई हस्तान्तरण गरेको छ।

बैंकले यसै वर्ष विभिन्न स्थानमा गरी १४ वटा शौचालय निर्माण गरिसकेको छ।बैंकको सीएसआर कमिटीका सदस्य डा.गणेश गुरुङ, बैंकको सहायक महाप्रबन्धक आशुतोष शर्माले संयुक्त रुपमा काठमाडौं महानगरपालिका–१० का अध्यक्ष रामकुमार केसीलाई हस्तान्तरण गर्नुभयो।