भ्रष्टाचारीलाई सामुहिक बहिस्कार गर्नुपर्छः मुख्यमन्त्री भट्ट

0
Shares

विमल विष्ट, डोटी ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भ्रष्टाचरीका कारण देशमा बिकासले गतिलिन नसकेको आरोप लगाउनु भएको छ । डोटी चेम्वर अफ कमर्सले डोटीको दिपायलमा आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सबको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री भट्टले देशमा जती बिकास गर्ने कोसिस गरेपनि भ्रष्ट मानसिकता र भ्रष्टाचारी कर्मचारीका कारण बिकासको गति उधो लग्दै आएको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, “कमिसन खोर र भ्रष्टाचारका कारण देश बदनामित हुँदै गएको छ, भ्रष्टाचारीलाइ सामुहिक बहिस्कार गर्नु पर्छ ।” सोही कार्यक्रममा बोल्नु हुँदै मुख्यमन्त्री भट्टले गाउँ र समाजको बिकास गर्नु छ भने आफनो सोच बदल्नु पर्ने समेत बताउनुभयो । उहाँले थप भन्नुभयो, “जब सम्म हाम्रो सोचाइ नै गलत रहने छ तब सम्म बिकास कहिले सम्भब छैन् ।”

डोटी सहित समग्र सुदूरपश्चिम क्षेत्रको बिकास गर्ने जिम्मेवारी आफनो काधमा भएका कारण सुदूरपश्चिम प्रदेशलाइ बिकासका पुर्वाधारले देशकै नमुना प्रदेश बनाउने तर्फ आफु लागि परेको समेत मुख्यमन्त्री भट्टले सो कार्यक्रममा बताउनुभयो ।

मुख्यमन्त्री भट्टले भन्नुभयो, “प्रदेशको बिकास गर्ने जिम्मेवारी मेरो काधमा छ, म सुदूरपश्चिम प्रदेशलाइ देशभरीकै उत्कृष्ठ र नमुना प्रदेश बनाउने छु ।” त्यस्तै मुख्यमन्त्री भट्टले सुदूरपश्चिमको बिकासको धरोहरका रुपमा रहेको राष्ट्रकै गौरवको ७५० मेगावाट क्षेमताको पश्चिम सेती परियोजना निर्माणका लागि प्रदेश सरकारले पहल चालेको र केही दातृ निकायले प्रश्चिम सेती निर्माणका लागि चासो राखेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पश्चिम सेती निर्माणकालागि प्रदेश सरकारले पहल चालिसकेको छ, हामी हाम्रै पालामा पश्चिम सेती निर्माण गरेर देखाउछौँ ।”
एक छुट्टै प्रसंगमा मुख्यमन्त्री भट्टले संघीयता नचाहनेहरुले संघीयताको बिरोध गरिरहेकाले त्यस्ता बिरोधीहरुले गरेका हल्लाका भरमा नलाग्न समेत आग्रह गर्नु भएको छ ।

नागरिकको पहिलो अधिकारी शिक्षा तथा स्वास्थ्य भएकाले प्रदेश सरकारले घरैमा नागरिकलाइ स्वास्थ्य सेवा दिने उदेश्यले मुख्यमन्त्री स्वास्थ्य सेवा कार्यक्रमको सुरुवात गरिएको मुख्यमन्त्री भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले मुख्यमन्त्री स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरेको छ, उक्त कार्यक्रमले उपचार नपाएर कसैलेपनि ज्यान गुमाउने छैनन् ।”

सोही कार्यक्रममा बोल्नु हुँदै मुख्यमन्त्री भट्टले सुदूरपश्चिमको प्रमुख पर्यटकिय स्थल खप्तडमा हजारौँ पर्यटक भित्रयाउन तथा त्यहाँको प्रचार प्रशारका लागि प्रदेश सरकारले खप्तड झिग्राना सम्म पिच सडक बनाउने योजना अघि सारेको बताउनुभयो । उहाँले भन्नुभयो, “खप्तडमा हजारौँ पर्यटक भित्रयाउन हामीले सडकको स्तरोन्नती सहित कालोपत्रका लागि बजेट बिनियोजन गरेका छौँ, काम सुचारु भएको छ, सम्भवतः केही महिनामा बाटो पिच हुने छ ।”

सोही कार्यक्रममा बोल्न हुँदै संघीय सांसद तथा कार्यक्रमका बिसिष्ठ अतिथी प्रेमबहादुर आलेमगरले नेकपाकै सरकारका पालामा डोटी सहित समग्र सुदूरपश्चिमको बिकास हुने बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्रमा पनि नेकपाको सरकार छ, प्रदेशमा पनि नेकपाको सरकार भएकाले यहाँको बिकास अब हाम्रै पालमामा हुने छ ।”

डोटीबाट राजधानी खोसियो भन्दै दुःख मानेर बस्नु भन्दा बरु यहाँका अत्यवस्यक बिकासका पूर्वाधारको बारेमा सोच्नु पर्ने र बिकास गराउनका नेताहरुलाइ घच घचाउन तर्फ स्थानीयले लाग्नु पर्ने समेत संघीय सांसद आलेमगरले बताउनुभयो । उहाँले भन्नुभयो, “राजधानी तराइ गएर के चिन्ता लिने अन्य जिल्ला भन्दा बढी डोटीमा बिकास नगरेपो चिन्ता हो, बिकासका लागि हामी सधै अग्रसर छौँ, चिन्ता नलिनुहोस ।” सोही कार्यक्रममा बोल्नु हुँदै संघीय सांसद आलेमगरले कैलालीको सहजपुर देखि बोगटान हुँदै दिपायल जोड्ने सडकको स्तरोन्नतीका साथै कालोपत्रेको कामपनि नेकपाकै सरकार र मेरो सांसदको पदाबधीकै समयमा सम्पन्न गराएर छोड्ने दाबी गर्नु भयो ।

एनसेलको अरवौ रकम कर असुलीदेखि भष्टचारीलाइ कारवाहि नेकपाकै सरकारको पालामा भएको छ भ्रष्टलाइ त नङ्ग्याएरै छोडिन्छ । सम्माननिय प्रधानमन्त्री केपीशर्मा ओलीले सहजपुर बोगटान सडकमा निकै चासो दिनु भएको र तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिनु भएकाले उक्त सडक चाडो सम्पन्न भै जनतालाइ निकै राहत मिल्ने संघीय सांसद आलेमगरले बताउनुभयो ।

त्यस्तै सांसद आलेमगरले दिपायल, बझाङ हुँदै चिनको ताक्लाकोट उरै सडकको चाडो रुपमा बिकास गरिने र खुटिया बिपिनगर सडकको सुरुङ मार्गको इआएको काम सकिएकाले नेकपाकै सरकारका पालामा उक्त सडक सुचारु हुने बतउनुभयो । उहाँले भन्नुभयो, “खुटिया, बिपिनगर दिपायल सडकको सुरुङ मार्गको इआएको काम करिब करिब सकिएको छ, कैलालीबाट दिपायल जम्मा अब ५० किलोमिटर मात्रै यात्रा गर्नु पर्ने छ ।”

डोटेली जनताले बिकास गर्नकालागि मलाइ संघीय संसदमा पठाएकाले डोटीको बिकासका लागि आफु कहिले पनि पछि नपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रेम आलेलाइ जनताले बिकास गर भनेर पठाएका छन्, यो आले बिकास गरेर देखाउछ , मअरु जस्तो बोल्ने मान्छे हैन काम गरेर देखाउने मान्छे हुँ ।”

‘सेतीको हिरा खप्तडको मोती, व्यापार पर्यटन र जलस्रोतबाट बनाउछौँ समुन्नत डोटी’ भन्ने मूल नाराका साथ नेपाल भम्रण वर्ष २०२० लाई सफल पार्नका लागि डोटी चेम्वर अफ कमर्सले जिल्लाको दिपायलमा प्रादेशिक व्यापारिक कृषि तथा पर्यटन महोत्सव सञ्चालन गरेको हो । महोत्सब यहि फागुन १३ गते सम्म सञ्चालन हुने छ ।

महोत्सब अविधी भरीमा दिपायलको खुल्लेक क्षेत्रबाट प्याराग्लाइडिङ उडान गरिने छ भने प्याराग्लाइडिङबाट दिपायल, सिलगढी, सेती नदीको दृष्य अवलोकन गर्न सकिनेछ ।

महोत्सव अवधिमा जिल्लामा कम्तीमा पनि एक करोडभन्दा बढीको आर्थिक कारोवार गर्ने लक्ष्य रहेको डोटी चेम्वर अफ कमर्सका अध्यक्ष साउदले बताउनुभयो । सुदूरपश्चिम प्रदेशमा रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलको प्रचारप्रसार गरी नेपाल सरकारद्वारा घोषणा गरिएको भ्रमण वर्ष २०२० लाई पूर्णरूपमा सफल पार्नका लागि पनि महोत्सवको आयोजना गरिएको सो संस्थाका सचिव तेजबहादुर डुम्रेलले बताउनुभयो ।