रारा तालको झझल्को मेटाइदिने गैडहवाताल

14
Shares

यमलाल भुसाल, बुटवल ।

अस्ताउन लागेको सुर्यको किरण ठोक्किएर फर्कने मनोरम दृश्यले रारा तालको झझल्को मेटाइदिने रुपन्देही जिल्लाकै ठूलो गैडहवा तालको जल पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यका साथ सन्चालन गरिएको प्रथम गैडहवा ताल महोत्सव–२०७६को प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेलले एक समारोहका बिच शुभारम्भ गर्नु भयो ।

मुख्यमन्त्री पोखरेलले जल पर्यटनको प्रचुर सम्भावना भएको गैडहवातालको बिकासका लागि प्रदेश सरकार प्रतिबद्ध भएको र गैडहवा ताललाई बिकासको हरेक योजना संग जोडेर समृद्ध गैडहवा बनाउन सदैव अग्रसर हुने बताउनु भएको छ ।

मुुख्यमन्त्री पोखरेलले लुम्बिनीमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई गैडहवा तालमा ल्याई आकर्षण गराउन लुम्बिनी–गैडहवा पर्यटन सर्कित बनाएर गैडहवाको बिकास गर्न सकिने बताउदै स्थानियहरुको आम्दानीको श्रोत बनाउन ब्यबस्थित र पारिवारिक बताबरण सहितको होम स्टे निर्माण गर्नमा जोड दिनु भयो ।

हिजो गैडहवा ओझेलमा परेको थियो होला अव गैडहवाको भबिष्य निकै उज्यालो हुने बताउदै लुम्बिनी संग जोड्ने सडकहरुको स्तरिकृत गरिने मुख्यमन्त्री पोखरेलले बताउनु भएको छ।

फरक प्रसंगमा बोल्दै मुख्य मन्त्री पोखरेलले आगामी चुनावमा कुनै पनि उम्मेद्धारले सुकुम्वासी समस्याको मुद्धा बनाएर प्रतिस्पर्धा गर्न नपर्ने गरी सुकुम्बासी समस्या समाधान गरिने ५ बर्षे कार्यकाल भित्र हरेक अब्यबस्थित बसोबासीकोहरुको हातमा जग्गा धनी पुर्जा उपलब्ध गराउने गरी संघ,प्रदेश र स्थानिय सरकार योजनाबद्ध रुपमा लागिरहेको बताउनु भएको छ ।

कार्यक्रममा प्रतिनिधी सभा सदस्य तथा संसदिय लेखा समितिका सभापति भरत कुमार शाहले सडक पुर्वाधारको बिकास भए गैडहवाको बिकास हुने र गैडहवाको बिकास भए स्थानिय जनताहरुको पनि जिवन स्तर बृद्धि हुने बताउनु भएको छ ।

जवसम्म गैडहवालाई लुम्बिनी संग जोडिदैन तव सम्म गैडहवाको बिकासले साथ नपाउने बताउदै लुम्बिनीसंग जोड्ने गैडहवा पेहवाचौका सडक र गुलरिया गैडहवा सडकलाई कालोपत्रे गर्न आवस्यक भएको र त्यसको लागि संसदिय बिकास कोषबाट बजेट ब्यबस्थापन गरेको प्रतिनिधी सभा सदस्य भरत कुमार शाहले बताउनु भएको छ ।

गैडहवा तालको बिकासको लागिल करिब ४१ करोड लागतको बिस्तृत गुरुयोजना निर्माण भई गुरुयोजना अनुरुप कार्य गर्न ४० लाख बजेट समेत ब्यबस्था भएको बताउनु भएको छ ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराइले गैडहवाको बिकासको लागि सदैव गैडहवाका जनतासंग नजिक भएर काम गरिरहेको बताउदै गैडहवामा बिकासका योजनाहरु खानेपानी,सडक मर्मत तथा स्तर उन्नती लगायतमा आफु लागि परिरहेको र जनतासंग प्रत्यक्ष सरेकार राख्ने योजनाहरु समेत संचालनमा रेहेका बताउनु भएको छ ।

यसैगरी रुपन्देही क्षेत्र नं. ५ (क)का सांसद भुमिश्वर ढकाल, (ख)का सांसद फकरुद्धिन खां,नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का दुर्गा आचार्य,राजपाका मोहम्मद इस्लाम,समाजबादी पार्टीका तुलसी यादव लगायतले गैडहवातालको बिकास र गैडहवाताललाई जल पर्यटनको बिकास गर्न महोत्सव उपलब्धी मुलक बन्नेमा बिश्वास ब्यक्त गर्नु भएकाने थियो ।

करिव ८४ बिगाहा क्षेत्रफलमा फैलिएको गैडहवातालमा फागुन १ गते देखि फागुन १० गते सम्म संचालन हुने महोत्सवमा करिब एक सय स्टल हुने र १ लाख दर्शक भित्र्याई १ करोड कारोबार गर्ने आयोजकले जनाएको छ ।

गैडहवा गाउपालिकाका अध्यक्ष तथा प्रथम गैडहवाताल महोत्सव २०७६ संचालन मुल समितिका संयोजक बच्चु केवटको अध्यक्षता तथा उपाध्यक्ष सुभावती यादवको स्वागतमा संचालन भएको कार्यक्रमको संचचालन सूर्य अधिकारीले गर्नु भएको थियो ।