कक्षा चलिरहेकै बेला हावाले उडायो विद्यालयको छाना

0
Shares

मानबहादुर बोहरा, बझाङ ।

बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका–७, केटेलीमा रहेको कैलाश भवनी माध्यमिक विद्यालयको छाना हावाले उडाएको छ । विद्यालयको कार्यालय समेत राखिएको दुई कोठे भवन हावाले उढाएको हो ।

बिहिबार दिउँसो कक्षा सञ्चालन भइरहेको बेला नै हावाले विद्यालयको छाना उढाएको हो । “दिउँसो तीर कक्षा सञ्चालन भइरहेको थियो । एक्कासी जोरले हावा चल्यो, विद्यालयका प्रधानाध्यापक कबिराज जप्रेलले भने,– हावाले विद्यालयको कार्यालय राखेको भवनको छाना उडाएर लग्यो । केहि कागजात पनि हावाले उडाएर लगेको छ ।”

हावाले विद्यालयको कार्यालय राखेको भवनको छाना उडाएकोले विद्यार्थीलाई कुनै चोटपटक नलागेको कोटेलीका अभिभावक मकर बहादुर धामीले बताए । जस्तापाताले छाएको छाना हावाले उडाएको हो । छाना छाउन प्रयोग गरीएको काठ पनि भाचिएको र क्षेती पुगेको प्रधानाध्यापक जप्रेलले बताए ।