मलाई मात्रै कति लखेट्ने ? जति लखेटे केही पाउनुहुन्नः सञ्चारमन्त्री बाँस्कोटा

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सिजी कम्युनिकेसन सञ्चालक चौधरी ग्रुपलाई सरकारले कुनै पूर्वाग्रह नराखे बताएका छन् । बाँस्कोटाले सिजी कम्युनिकेसनले प्रक्रिया प्रक्रिया पुर्‍याएर नआएकाले लिमिटेड मोविलिटी सेवाको लाइसेन्स खारेज गरेको बताएका हुन्।

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा बाँस्कोटाले सिजीसँग पैसा मागेको भन्ने झूटो लगाएको दाबी गरे।
मन्त्री बाँस्कोटाले भने– ‘चौधरी ग्रुपसँग २० अर्ब माग्यो भन्छन्, चाहिँदा पनि चाहिँदैन। मेरो घरमा त्यति पैसा राख्ने ठाउँ छैन, हामी सकेसम्म राम्रो गर्छौं।’

लाइसेन्स पाउन सबै प्रक्रिया पूरा गरे पनि सरकारले अड्काएको आरोप सिजीले लगाउँदै आएको छ।

सिजीले प्रक्रिया पुर्‍याएर र पूर्वसर्तअनुसार उत्तरदायित्व निर्वाह गर्नुपर्ने मन्त्री बाँस्कोटाले बताए। मन्त्री बाँस्कोटाले भने– ‘फाइदामात्र होइन उत्तरदायित्व पनि हेर्नुपर्ला प्रोसेसमा आउनुस्। प्रोसेस मिचेर आउँदा साथ हुँदैन।’

सिजीले ४१ जिल्लामा काम गर्नुपर्ने भए पनि काम नगरेको उनले बताए।

त्यस्तै, उनले आफूमाथि मिडियाले लखेटेको आरोप पनि लगाए। ‘मलाई मात्रै कति लखेट्ने? जति लखेटे पनि मिडियाले केही पाउनुहुन्न,’ उनले भने, ‘प्रेसको आँखो तथ्यमा जाओस्।’