शुक्रबार बस्ने प्रतिनिधि सभाको बैठकमा प्रम ओलीले सम्बोधन गर्ने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार, २ फागुनमा बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले सार्वजनिक महत्वको विषयमा सम्बोधन गर्नुहुने भएको छ ।

प्रधानमन्त्री ओलीले सरकारको दुई वर्ष पुगेको अवसरमा संसदबाट सम्बोधन गर्न लागेका संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो २ बजे बस्नेछ। बैठकको शुरूमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्।

त्यसपछि, संसदको सम्भावित कार्यसूची अनुसार ओलीको सम्बोधनपछि शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्ती, स्वास्थ्य तथा जनसंख्या एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल लगाएतले समितिको प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची जनाइएकाे छ ।

घर्तीले ‘शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गर्नेछिन्। यसैगरी , ढकालले ‘कानून न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्’, भन्ने प्रस्ताव र ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी दुईवटा प्रस्ताव पेश गर्नेछन्।

३ फागुन २०७४ मा ओली दोस्रोपटक नेपालको प्रधानमन्त्री नियुक्त भएका थिए।