नेपाली विद्यार्थी उद्दार गर्न जहाजमा १३ जनाको टोली

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

वुहानमा रहेका नेपाली विद्यार्थीलाई उद्दार गर्न नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिबार दिउँसो २ः ४५ बजे चीन जाने भएको छ ।

३ पाइलट, ६ क्याबिन क्रु, २ इन्जिनियर, १-१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चारजना चिकित्सकको टोली वुहान प्रस्थान गर्ने जनाइएको छ ।

उक्त टोलीको नेतृत्व पाकिस्तानी वा नेपाली पाइलटले गर्ने भएका छन् । विद्यार्थी लिएर फर्किएको जहाज आइतबार बिहान २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

अवतरण गरेपछि जहाजलाई ४८ घण्टासम्म अन्य ठाउँमा उडान गर्न मिल्नेछैन ।