फरार दुर्गा प्रसाईं जिप्रकामा हाजिर, तारेखमा रिहा

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

मानहानिको मुद्दामा फरार रहेका बी एन्ड सी अस्पताल झापाका सञ्चालक दुर्गा प्रसाईं बिहिबार बिहान जिल्ला प्रशासन कार्यालय भक्तपुरमा हाजिर भएका छन् । कार्यालय पुगेका प्रसाईँलाई साधारण बहसपछि तारेखमा रिहा गरिएको जनाइएको छ ।

प्रसाईंले गत पुस २३ गते पत्रकार सम्मेलन गर्दै आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका थिए । यसको विरोध गर्दै गिरीले प्रसाईँविरुद्ध जिल्ला अदालत भक्तपुरमा मानहानिको मुद्दा दायर गरेका थिए ।

अदालतले प्रसाईँलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउन आदेश दिए लगत्तै उनी फरार भएका थिए ।