कुवेतमा ढिस्कोले पुरिएर ४ नेपाली कामदारको मृत्यु, ३ गम्भीर घाइते, ३ बेपत्ता

0
Shares

न्युज अफ नेपल, काठमाडौँ ।

कामको शिलशिलामा कुवेत पुगेका चार नेपाली कामदारको मृत्यु भएको छ ।

कुवेतको अलमुत्ला क्षेत्रको ब्लक १ एन ५मा ढल निर्माणमा व्यस्त कामदारमाथि बालुवा र ग्राभेलको थुप्रो खस्दा उनीहरुको मृत्यु भएको हो । मतक कसैको पनि पहिचान भने खुलेको छैन ।

घटनामा परी अन्य तीन जना घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि जहरा अस्पताल लगिएको जनाइएको छ ।

ढिस्कोमा परी तीन जना पुरिएको हुनसक्ने बताइएको छ ।