अख्तियारका अनुसार बैंकले ललिता निवासमा झण्डै तीन अर्ब रुपियाँ लगानी गरेका छन्। अख्तियारले सार्वजनिक गरेको तथ्यांकअनुसार विभिन्न बैंकले विवादित जग्गा खरिदका लागि जग्गाधनीलाई २ अर्ब ४१ करोड ६९ लाख ३६ हजार रुपियाँभन्दा बढीको धितोमा कर्जा दिएका छन्।
अख्तियार स्रोतका अनुसार विभिन्न १३ बैंक तथा वित्तीय संस्थाको लगानी ललिता निवासमा रहेको देखिएको छ। १२ वटा बैंक तथा वित्तीय संस्था र एक सहकारी संस्थाले ललिता निवासको जग्गा धितोमा राखेर कर्जा प्रवाह गरेका हुन्।
स्रोतका अनुसार राष्ट्रिय वाणिज्य बैंकसँग एक्विजिसनमा गएको एनआईडीसी डेभलपमेन्ट बैंकले त्यस्तो कर्जा प्रवाह गरेको पाइएको हो।यसैगरी ग्लोबल आइएमई बैंकले ललिता निवास जग्गामा ६ करोड ३७ लाख ५८ हजार रुपियाँ लगानी गरेको छ।
यस्तै हिमालयन बैंकले ३ करोड ३१ लाख, सिभिल बैंकले ३ करोड, प्राइम कमर्सियल बैंकले २ करोड ४२ लाख रुपियाँ ऋण लगानी गरेका छन् ।यसैगरी कुमारी बैंकको १ करोड ४० लाख रुपियाँ, सिभिल बैंकको स्वामित्वमा गएको तत्कालीन युनिक फाइनान्सबाट तथा कुमारी बैंकको तत्कालीन काष्ठमण्डप डेभलपमेन्ट बैंकबाट ऋण प्रवाह गरिएको थियो।
महालक्ष्मी विकास बैंक, एनआईसी एसिया बैंक तथा प्रभु बैंकले पनि ललिता निवासको जग्गामा ऋण लगानी गरेको पाइएको छ। यी बैंकहरूको ऋण लगानी भने १ करोड रुपियाँभन्दा कम पाइएको छ।
त्यसपछि बैंकहरूलाई दुई दिनभित्रमा लगानी विवरण पठाउन राष्ट्र बैंकले निर्देशन दिएको थियो। अहिले बैंकहरूले पठाएको विवरणका आधारमा अध्ययन भइरहेको राष्ट्र बैंकले स्रोतले जनाएको छ।अनाधिकृत प्रयोग गरिएका बैंकमा लगानी गरेका बैंकलाई कारबाही गरिने जनाइए पनि अहिलेसम्म के हुन्छ भन्नेबारे भने राष्ट्र बैंकले बताइसकेको छैन।
ललिता निवास जग्गा प्रकरणमा बैंकको लगानी
- नेपाल इन्भेष्टमेन्ट बैंकको १ अर्ब ४८ करोड २० लाख रुपियाँ
- लक्ष्मी बैंकको ४७ करोड ५ लाख रुपियाँ
- राष्ट्रिय वाणिज्य बैंकको १५ करोड रुपियाँ
- ग्लोबल आइएमई बैंकको ६ करोड ३७ लाख ५८ हजार रुपियाँ
- हिमालयन बैंकको ३ करोड ३१ लख रुपियाँ
- सिभिल बैंकको ३ करोड रुपियाँ
- प्राइम कमर्सियल बैंकको २ करोड ४२ लाख रुपियाँ
- आयर्यतारा सहकारीको २ करोड रुपियाँ
- कुमारी बैंकको १ करोड ४० लाख रुपियाँ
- महालक्ष्मी बैंकको ९८ लाख रुपियाँ
- एनआईसी एसिया बैंकको ७५ लाख ७८ हजार रुपियाँ
- प्रभु बैंकको ४९ लाख रुपियाँ
प्रतिक्रिया