दोस्रो त्रयमासिकसम्म मेगा बैंकको नाफा ३० प्रतिशतले वृद्धि


काठमाडौं, (नेस)।
चालू आर्थिक वर्षको दोस्रो त्रयमासिक अवधिसम्म मेगा बैंकले ९५ करोड रुपियाँ खुद नाफा गरेको छ। चालू आर्थिक वर्षको पहिलो त्रयमासिकमा ४३ करोड ७४ लाख नाफा गरेको बैंकले दोस्रो त्रयमासिकसम्म आइपुग्दा ९५ करोड २ लाख खुद नाफा गर्न सफल भएको छ।

आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रयमासिक अवधिसम्म बैंकले ७३ करोड २० लाख रुपियाँ नाफा गरेको थियो। बैंकको वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा बैंकले करिब ३० प्रतिशत नाफा वृद्धि भएको छ।

पुस मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कुल निक्षेप १४ अर्ब ४१ करोडले वृद्धि भई ८४ अर्ब ६३ करोड रुपियाँ पुगेको छ, जुन २० प्रतिशतभन्दा बढीको वृद्धि हो।

त्यसैगरी कर्जा तथा सापटी १२ अर्ब १८ करोडले वृद्धि भई ७८ अर्ब ११ करोड कायम भएको छ जुन १८ प्रतिशतभन्दा बढीको वृद्धि हो। मेगा बैंकको १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटीएम सञ्जाल, ७९ वटा शाखारहित बैंकिङ केन्द्र र २५ सय भन्दा बढी मेगा रेमिट एजेन्ट छन्।