कोरोना भाईरसको नाम अब ‘कोभिड–१९’


न्युज अफ नेपाल, काठमाडौँ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चीनमा डेढ महिनादेखि महामारीको रुपमा फैलिरहेको भाइरसको नामकरण गरेको छ । यसअघि अस्थायी रुपमा कोरोना भाइरस वा नोवेल कोरोना भाइरस निमोनिया नामले चिनिँदै आएको भाइरसलाई डब्लुएचओले मंगलबार ‘कोभिड–१९’ नाम दिएको हो । कोभिड–१९ ‘कोरोना भाइरस डिजिज २०१९’ को संक्षेपीकृत रुप हो, जहाँ ‘को’ले कोरोना, ‘भी’ले भाइरस, ‘डी’ले डिजिज, ‘१९’ ले २०१९ बुझाउँछन् ।

यसअघि चीनको हेल्थ कमिसनले ८ फेब्रुअरीमा कोरोना भाइरसलाई अस्थायी रुपमा ‘नोवेल कोरोना भाइरस निमोनिया (एनसिपी)’ नाम दिएको थियो । कमिसनले स्थायी नामाकरण नभएसम्मका लागि महामारी फैलाइरहेको कोरोनाभाइरसलाई चीनका सरकारी विभाग तथा संगठनहरूमा एनसिपी नामले व्यवहार गरिने बताएको थियो ।

चीनमा महामारी फैलाइरहेको भाइरस कोरोनाकै एक प्रजाति भएको यसअघि नै पुष्टि भइसकेको थियो । कोरोनाका विभिन्न प्रजातिमध्ये मानिसमा संक्रमण गर्ने ६ प्रजाति यसअघि देखिएका थिए । कोभिड–१९ मानिसलाई असर पुर्याउने कोरोनाको सातौँ प्रजाति हो ।

कोभिड–१९ को संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १ हजार १ सय १३ पुगेको छ । मंगलबार मात्र ९४ संक्रमितको मृत्यु भएको चिनियाँ अधिकारीले जनाएका छन् । हालसम्म ४४ हजार २ सयमा संक्रमण पुुष्टि भइसकेको छ ।

चीनको हेल्थ कमिसनका अनुसार मंगलबार १ हजार ६ सय ३८ जना नयाँ संक्रमित फेलापरेका छन् । सोमबारको तुलनामा मंगलबार कम संक्रमित देखिनुले संक्रमण घट्ने संकेत देखिएको चिनियाँ अधिकारीले बताएका छन् ।

हालसम्म चीनबाहेक विश्वका २८ देशमा संक्रमित फेला परेका छन् भने फिलिपिन्स र हङकङमा एक–एक जनाको मृत्यु भएको छ ।

बागमती प्रदेशका सामाजिक बिकास मन्त्री युवराज दुलालले कोरोना सिन्धुपाल्चोकमा देखिएको भाईरस कोरोना नभएर रुघाखोकी, ज्वरोको भाइरल भएको उल्लेख गर्दै सार्वजनिक गर्नुभएको छ ।

Yubaraj Dulal Sharad

सिन्धुपाल्चोकको जुगल गाऊँपालिकाको गुम्बामा देखिएको भाईरल रुघा, खोकी, ज्वरोको बारेमा स्वास्थ्यकर्मिले हिजो देखिनै सम्बन्धीत ठाऊँमा पुगि रिपोर्ट गरिरहनु भएको, थप चिकीत्सक र गाऊपालिकाको पदाधिकरी घटना स्थलमा पुग्नुभएको छ । बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको टोलीले आजै त्यहाबाट थप परीक्षणको लागि नमुना संकलन गरि ल्याऊनेछ। स्वास्थ्यकर्मिको अनुसार त्यो मौसमि रुघा (Seasonal Flu) भएको र “Covid-19” korona virus को चिन्ह देखिएको छैन । हिजो देखिनै सरकारले आवश्यक पहललिई सकेको र प्रयोगशालाको रिपोर्ट नआएसम्म धैर्यताको लागि सम्बन्धित सबौलाई अनुरोध गर्दछु।

फेरि ३ जना टेकूमा भर्ना

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरस (कोभिड १९) का तीन जना शंकास्पद बिरामी भर्ना भएका छन् ।
चीनबाट फर्किएका दुई नेपाली र एक चिनियाँ नागरिकलाई कोरोना भाइरसको आशंकामा अस्पताल भर्ना गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताउँनुभयो ।

हुवेईबाट फर्किने नेपालीले पालना गर्नुपर्ने ६ नियम र सर्त 

हुवेई प्रान्तबाट स्वदेश फिर्ता जाने नेपाली नागरीकले पालना गर्नु पर्ने बुँदाहरु नेपाली दुतावासले बुधबार हस्ताक्षर गराएको छ ।

१. इभ्याक्युसन पश्चात तपाईंहरुलाई नेपाल सरकारले तयार गरेको सुरक्षित क्वारेन्टाइन एरियमा १४ देखि १७ दिन वा सो भन्दा बढी राखिनेछ ।
२. क्वारेन्टाइनमा राख्दा खाना, पानी, शौचालय, स्वास्थ्य उपचार, इन्फेक्सन रोकथाम र नियन्त्रणको सबै व्यवस्थापन गरिनेछ ।
३. क्वारेन्टाइनमा रहँदा आफ्न्तहरुसँग भेटघाट गर्न दिइने छैन ।
४. क्वारेन्टाइनमा लगभग ६० कोठाहरुमा उचित दुरीको फरकमा सामुहिक बसोबासको साथै लगभग ६ जनाले १ शौचालय प्रयोग गर्ने गरी व्यवस्था गरिएको छ ।
५. करेन्टाइनमा रहँदा तपाईंहरुको सहजता र आरामलाई सकेसम्म व्यवस्थित र हेण्ड हाईजिन, रेस्पिरेटरी हाइजिनलाई बढी असरदार बनाउने प्रयत्न गरिएको छ ।
६. करेन्टाइनमा रहँदा तपाईंहरुलाई त्यहाँ दिइएको रहेक नियम ९रुम रुल्स, रेस्ट रुम रुल्स, फुड रुल्सहरु पालना गर्नुपर्ने छ ।

हुवेई प्रान्तबाट स्वदेश फिर्ता जाने नेपाली नागरिकहरुले गर्ने शर्त 

म नेपाली नागरीक हुँ । चीनको हुवेइ प्रन्तबाट स्वेदश फिर्ता जाने नेपाली नागरिकहरुले पालाना गर्नुपर्ने माथि उल्लिखित सबै बुँदाहरु मैले पढेको छु । म उक्त सबै बुँदाहरु पूर्ण रुपमा पालना गर्न सहमत छु, पालना नगरेमा कानुन बमोजिन सहुँला, बुझाउँला ।
नामः
हस्ताक्षरः
राहदानी नंः
मितीः

Press_Release_MoHP_12-02-2020