निकुञ्ज क्षेत्रमा हुने चोरी शिकारी नियन्त्रणमा


सरस्वती न्यौपाने, रसुवा ।

निकुञ्ज संरक्षण तथा व्यवस्थापनका लागि वन वन्यजन्तुको अवैध चाेरी शिकारी तथा ओसारपसार नियन्त्रणका लागि नेपाली सेना र निकुञ्जको प्रयास सफल भएको छ।

बुधवार एक कार्यक्रम गरि अपरेसन महाहन्ट सम्वन्धि जानकारी गराई वन डढेलो नियन्त्रणका उपाय सरोकारवालासँग समन्वय तथा सुचना आदानप्रदान वन डढेलो नियन्त्रणमा लाङटाङ राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको भुमिका बारे छलफल गरिएको थियो ।

वन प्राविधिक एवम् रेन्जर रमेश वस्नेतका अनुसार फागुन एकदेखि २०७७ जेठ मसान्तसम्म महाहन्ट अपरेसन सुरु गर्नै र नेपाली सेनाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित भोटाङ र नेसमपाटि,नुवाकोटको दुप्चेश्वर गाउँपालिका स्थित ध्याङफेदि रसुवाको गोसाईकुन्ड गाउँपालिकाको वृद्विम,खामजिङ र नेपालि सेनाको जहाँ पोष्टहरू छन त्यहाँ महाहन्ट गतिविधि सन्चालन गरिने छ ।