निःशुल्क बौद्व धर्म शिक्षा तथा शिविर उद्घाटन


सरस्वती न्यौपाने, रसुवा ।

वौद्व धर्म दर्शन साहित्य सस्कृति परम्परा एवं सम्भोटा लिपिको समरक्षण गर्दै तामाङ समुदायको भाषा भेषभुषाको जर्गेना गर्न गोसाईकुन्ड गाउँपालिका ६ धुन्चेमा उक्त शिविरको उद्घाटन भएको छ ।

तामाङ बौद्व महासङ्घ नेपालका सस्थापक अध्यक्ष तथा श्रद्वेय धर्म गुरु तामाङ खेन रिन्पोक्षेको प्रमुख आतिथ्यमा सहुल गुम्वा दक्षिण कोरियाको प्रायोजनमा टुल्कु छ्याईलिङ गुम्बाको व्यवस्थापन तामाङ बौद्व महासङघ नेपालको आयोजनामा भएको उक्त शिविर उद्घाटनमा धुन्चे वरपर छरिएर वस्नु भएका ७० जनाको सहभागीता रहेको थियो।

तीन महिने निःशुल्क शिविरमा तामाङ समुदायले अनुशरण गर्दै आएको बौद्व धर्म सस्कार सस्कृति रितिरिवाज चलन चल्ति जन्मदेखि मृत्युसम्म गरिने कर्म कान्ड लोछार भाषा लिपि भेषभुषा लगाएतका विषयमा प्रवचन दिईएको थियो ।