सल्यानबाट दाङ आउँदै गरेको नेपाली सेनाको गाडी दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु, ६ घाइते

0
Shares

न्युज अफ नेपाल, दाङ ।

सल्यानबाट दाङतर्फ आउँदै गरेको नेपाली सेनाको गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सल्यानको सपुत गण ब्यारेकको लु १ ग १२३ नम्बरको गाडी कपुरकोट गाउँपालिका ३ चोरखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडीमा रहेका सात जनामध्ये चार जनाको उद्दार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ । यस्तै, बाँकीको उद्दार हुँदै गरेको जनाइएको छ ।

गाडीमा हतियार र बम जस्ता विष्फेटक पदार्थ रहेकाले उद्दारमा कठिन भएको प्रहरीले जनाएको छ । उक्त ट्रकमा बम सहितका बिष्फोटक पदार्थ भएको कारण अर्को दुर्घटना हुन सक्ने भन्दै सेनाले घटनास्थल वरपर कसैलाई पनि जान दिएको छैन ।

गाडी सडकबाट करिब ५ सय मिटर तल खसेको छ ।