दुर्घटना वीमाको रकम पीडित परिवारलाई प्रदान


यमलाल भुसाल, बुटवल ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलले आफना चालक र सहचालकका लागि गरि दिएको दुर्घटना वीमा वाफतको रकम पीडित परिवारलाई प्रदान गरेको छ ।

गत कार्तिक २७ गते नवलपरासीको दाउनेमा भएको ना ४ ख ४५०४ नम्बरको ट्रक दुर्घटनामा परि ट्रक चालक र सहचालकको निधन भएको थियो ।

समितिले चालक र सहचालकका परिवारलाई राहत हुने गरि सामुहिक दुर्घटना विमा गरि दिएकोमा सोही वीमा वाफत आएको जनही ३ लाख रुपैया पीडित परिवारलाई बुधवार कार्यालय परिसरमा एक समारोहका बीच हस्तान्त्ररण गरिएको समितिका अध्यक्ष यम प्रसाद पाण्डेले बताउनु भयो ।

उक्त ट्रक चालक सुनवल १३ का नर बहादुर गुरुङ र सोही स्थानका सह चालक बल बहादुर सार्कीको दुर्घटनामा परि ज्यान गएको थियो ।
समितिले आफनो समितिमा सदस्य रहेका चालक ,सहचालकको दुर्घटनामा परि मृत्यु भएमा जनही ३ लाख रुपैया परिवारलाई वीमावाट उपलब्ध गराउने गरि व्यवस्था मिलाएको समितिका वरिष्ठ उपाध्यक्ष प्रताव बहादुर कार्कीले बताउनु भयो ।

चालककी श्रीमती लक्ष्मी र सहचालककी श्रीमती पुनमलाई सामुहिक कार्यक्रममा जनही ३ लाखको चेक प्रदान गरिएको समितिका लेखा अधिकृत ऋिषिराम भटृराईले बताउनु भयो । समितिले गाडी धनीको हकमा भने १० लाखको विमा गरिदिएको छ ।