नेपाली सेनाद्वारा वृद्धाश्रममा सरसफार्ईका साथै निःशुल्क स्वास्थ्य परिक्षण


यमलाल भुसाल, बुटवल ।

नेपाली सेनाको रामनगर ब्यारेक बुटवलस्थित श्री गरुडदल गणबाट खट्टिएको नेपाली सेनाको फौजले वृद्धाश्रममा सरसफाई गर्नुका साथै निःशुल्क स्वास्थ्य परिक्षण समेत गरेको छ ।

रुपन्देही जिल्ला बुटवल उप महानगरपालिका वडा नं. २ तल्लो फुलबारीमा अवस्थित सिद्धबाबा दुर्गा भवानी शिव कुमारी सैंजु वृद्धाश्रम परिसर सरसफाई तथा वृद्धाश्रममा बस्ने कोठा, लत्ताकपडा, बाथरुम तथा शौचालय सरसफाई गर्नुका साथै वृद्ध पुरुषहरुको दाह्री कपाल काटिदिएको छ ।

उक्त वृद्धाश्रममा पुरुष ८ र महिला १ गरि कुल जम्मा ९ जनारहेका छन । सोहि क्रममा प्रा. उ.से डा. सुश्री रक्षा गुरागाईबाट सबै वृद्धवृद्धाहरुको निःशुल्क स्वस्थ्य परिक्षण गर्नु भएको हो ।

त्यसैगरि, गणका गणपति प्रमुख सेनानी ज्योति कुमार थापाले चामल, दाल, नुन, विष्कुट, तेल, चिनी, चिया, पाउरोटी लगायतका खाद्यान्य आश्रमलाई वितरण गर्नु भएको थियो ।