सार्वजनिक शौचालय हस्तान्तरण

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नयाँ बानेश्वरस्थित छक्कुपक्कु पार्कसंगै एभरेष्ट बैकले निर्माण गरेको सार्वजनिक हस्तान्तरण भएको छ । पार्कमा बुधबार आयोजना गरिएको औपचारिक कार्यक्रममा एभरेष्ट बैकका तर्फबाट बैङ्कका नायव महाप्रबन्धक आशुतोष शर्माले काठमाडौं महानगरपालिका–१० का वडा अध्यक्ष रामकुमार केसीलाई शौचालयको साचो हस्तान्तरण गरिएको हो ।

बैकले व्यवसायिक सार्वजनिक उत्तरदायित्व अन्तर्गत करीब २० लाख रुपैयाँ खर्च गरेर छक्कुपक्कु पार्कको मर्मत समेत गरेको छ । वडाध्यक्ष केसीले राजधानीको केन्द्रमा मानिस आउँदा शौचालय नभएर खेप्नु परेको सास्ती अब हट्ने बताउनुभयो । अन्तरराष्ट्रिय सम्मेलन केन्द्र बाहिर एउटा राम्रो शौचालय नहुँदा वडालाई पनि अप्ठ्यारो महसुस भएको जनाउदै अध्यक्ष केसीले भन्नुभयो–शौचालयबाट उत्पादन भएको मलमुत्रबाट बायोग्याँस उत्पादन गरिनेछ भने सरसफाइमा कुनै कमी हुनेछैन ।

वडाले अपाङ्गता भएका व्यक्ति, पर्यटक र जेष्ठ नागरिकलाई निःशुल्क शौच गर्ने व्यवस्था गरेकोे छ । दिगो व्यवस्थापनका गर्न उपभोक्ताबाट शुल्क संकलन गरिने छ । यसरी संकलन भएको रकम सरसफाइ र बायोग्याँस उत्पादनमा खर्च हुने अध्यक्ष केसीको भनाई छ । शौचालय व्यवस्थापनको जिम्मा एरोसान सन्टेनेबल स्यानिटेसनले लिएको छ ।

कार्यक्रममा बोल्दे बैकका नायव महाप्रबन्धक आशुतोष शर्माले व्यवसायिक संस्थागत उत्तरदायित्व अन्तर्गत वडासँग थप सहकार्य हुने बताउनुभयो । बैकका संस्थागत उत्तरदायित्व समितिका सदस्य डा.गणेश गुरुङ्ले निर्माण भएको शौचालय दिगो र गुणस्तरीय सेवा दिन सक्ने गरी सञ्चालन गरिनुपर्ने बताउनुभयो । प्रमुख बजार व्यवस्थापक पुष्पराज उप्रेतीका अनुसार बैकले पशुपति क्षेत्रमा वातावरणमैत्री शवदाह क्षेत्र निर्माण गरेको जानकारी गराउनुभयो ।