एनआरएन पोर्चुगलका अध्यक्षले पत्रकारलाई कुटे

0
Shares

दिपेन्द्र गजुरेल, पोर्चुगल।

गैर आवासीय नेपाली संघ पोर्चुगलका कार्यवाहक अध्यक्ष भिमसेन थापाले संघकै सदस्य तथा पत्रकार सविन धिताललाई निर्घात कुटपिट गरेका छन्।

गैर आवासीय संघ पोर्चुगलभित्र देखिएका विसंगती र विकृतीहरू विरुद्ध विभिन्न समाचार माध्यममा समाचारहरू सम्प्रेशण गरेको भन्दै धिताललाई गुण्डागर्दी शैलीमा कुटपिट गरेको संघका अन्य सदस्यहरू बताएका छन।

नेपाल पत्रकार महांसंघ युरोप च्याप्टरले विज्ञप्ती जारी गर्दै घटनाको घोर भत्र्सना गरेको छ।

नेपालीहरूको साझा संस्थाको रुपमा स्थापीत उक्त संस्थाको नेतृत्ववर्गमै यस्ता खालका विकृती फैलनु र हातपातका काण्ड हुनु संस्थाको हितमा नरहेको भन्दै महासंघले कार्यवाहाकको जिम्मेवारी पुरा गर्न थापा लायक नरहेको पुष्टि गरेको छ।

घटनाको चर्को विरोधाभास जनाउँदै थापाले तत्काल पदबाट राजीनामा दिनुपर्ने र उनलाई तत्काल वर्खास्त गर्नुपर्ने पत्रकार महांसघले माग गरेको छ।