कालीवहादुर मल्ल, कालिकोट ।
जिल्ला सदरमुकाम मान्मबाट १८ किलोमिटर पर्वूमा पर्ने महवै गाउँपलिका–६ पान्तडी भिरबाट खसेर ३४ वार्षीया एक महिलाको मृत्यु भएको छ । सोही वडाको गणेशकोट घर भएकी ३४ वर्षीया कौडा शाहीको दाउरा काट्न गएको बेला मंगलबार भिरबाट खसेर मृत्यु भएको हो ।
घरभन्दा एक किलोमिटर टाढा दाउरा काट्न गएको समयमा भिरवाट खसेर पाँच सय मिटर तल खोलामा पुगेर छाती र टाउकोमा गम्मीर चोट लागि मंगलबार राती जिल्ला अस्पताल कालिकोटमा मृत्युभएको मृतकका दाजु दिपवहादुर शाहीले जानकारी गराउनु भएको छ ।
मृतकका श्रीमान भारततिर मजदुरीको लागि गएकाको समयमा दाउरा काट्न जादा दुइ छोराकी आमा शाहीको भिरवाट खसेर मृत्यु भएको हो । मृतकको लास जिल्ला अस्पताल कालिकोटमा पोष्टमार्टम गरी प्रहरी मुचुल्का पछि परिवारलाई बुझाइएको कालिकोटका प्रहरी प्रमुख डिएसपी श्यमबावु ओलियाले बताउनु भयो ।
कालिकोट जिल्लामा घाँस दाउरा काट्न जानेक्रममा भिरवबाट खसेर प्रत्यक वर्ष धेरै महिलाहरुले ज्यान गुमाउने गरेका छन् ।
प्रतिक्रिया