आयआर्जनमा सहकारीको भूमिका महत्वपूर्ण



अमृत अर्याल, स्याङ्जा।

वालिङ नगरपालिका २ छप्राक गाँउमा एक बर्ष अगाडी स्थापना गरिएको सिद्धबाबा श्रमिक महिला सहकारीले पहिलो साधरण सभा सम्पन्न गरेको छ।वालिङ नगरपालिकाका नगर उपप्रमुख कल्पना तिवारीले साधरणसभाको उद्घाटन गर्दै महिलाहरूको आयआर्जनमा सहकारीको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो।

दलित समुदाय मात्रै मिलेर संचालन गरिएको सहकारीले कृषि र पशुमा लगानी गरेर यहाँको आयआर्जनमा टेवा पुग्ने काम गरेको नगर उपप्रमुख तिवारीको भनाई थियो।

सबै श्रम गरेर नै जिविकोपार्जन गरेका छन् नगर उपप्रमुख तिवारीले भन्नुभयो,“श्रमबाट नै जिवन बदलिने, परिवर्तन हुन्छ यसको निरनतरता हुनुपर्छ।” यो सहकारीले नाम जस्तै काम गरेको आफुले पाएको उहाँले बताउनुभयो।

सहकारीको माध्यमबाट यो बस्तीले फाईदा उठाउनु आवश्यक रहेको नगर उपप्रमुख तिवारीको सुझाव थियो। सहकारीबाटै समृद्धि हासिल गर्न सकिन्छ भन्ने सोचाई नगरपालिकाको रहेको बताउदै उपप्रमुख तिवारीले भन्नुभयो,“सबै नगरवासीलाई सहकारीमा आवद्धता गराएर कृषि क्षेत्रको विकास गर्नुपर्छ।” जग्गाजमिन बाझो राखेर नगरपालिकाको समृद्धि हासिल नहुने उहाँले बताउनुभयो।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपति पौडेलले सहकारीहरू नाफामुखी भन्दा पनि आयमुलक हुनुपर्ने धारणा व्याक्त गर्नुभयो। भावी पुस्ताका लागि आजैदेखि कृषिमा आत्मनिर्भर भएर अगाडी बढ्न सबै शेयर सदस्यहरूलाई पौडेलले आग्रह गर्नुभयो।

पहिलो साधरणसभामा वालिङ नगरपालिका १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता केदार काफ्ले, वडा नम्वर २ का अध्यक्ष पोतप्रसाद लम्साल, समाजसेवी जमानसिंह नेपाली, डिलबहादुर श्रेष्ठ लगायतका बक्ताहरूले ग्रामिण क्षेत्रमा सहकारी संचालन गरेर यो क्षेत्रको आयआर्जनमा टेवा पुग्ने काम सहकारीले गर्न थालेको बताउनुभएको थियो।

सिद्धबाबा श्रमिक महिला सहकारी संस्थाका अध्यक्ष सुनिता नेपालीको सभापतित्वमा सम्पन्न भएको उद्घाटन सभाको स्वागत सचिव अनुसा सिंजाली र संचालन कृष्ण नेपालीले गर्नुभएको थियो।

१४० जना शेयर सदस्य रहेको सहकारीले २ लाख १३ हजार ७ सय ८४ निक्षेप, ९५ हजार १ सय शेयर पुजी र २ लाख ५९ हजार २ सय २९ लगानी गरि ४ हजार ३ सय ५९ आम्दानी गर्न सफल भएको सहकारीले जनाएको छ।

छोटो अवधीमा सहकारीले मुनाफा कमाउन मात्रै नभएर यो बस्तीमा बचत गर्ने बानीको विकास भएको स्थानीयको भनाई छ।

प्रतिक्रिया दिनुहोस्