समृद्धि विजेता बन्यो

0
Shares

काठमाडौं, (नेस)।

समृद्धिले ‘टेक्सस–धन्यन्तरी कप’ अन्तरकलेज प्लस टु छात्र फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ। टेक्सस इन्टरनेसनल कलेज र धन्यन्तरी फुटसलद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा समृद्धिले केब्स ‘ए’ लाई टाइब्रेकरमा पराजित गर्यो।

त्यसअघि निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो। निर्धारित समयको १९ सेकेन्डमै राज थोकर तामाङको गोलबाट केब्स ‘ए’ ले अग्रता लिएको थियो। छैटौं मिनेटमा समृद्धिका दीपेश श्रेष्ठले गोल फर्काउदै खेललाई १–१ को बराबरीमा पुर्याएका थिए।

उपाधिसंगै समृद्धिले १ लाख तथा केब्स ‘ए’ ले ५० हजार नगद पुरस्कार हात पारे। तेश्रो स्थानमा चित्त बुझाएको पशुपति बहुमुखी क्याम्पसले २५ हजार रुपैयाँ हासिल गर्यो।

हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा भएको प्रतियोगितामा समृद्धिका दीपेश श्रेष्ठ उत्कृष्ट खेलाडी तथा केब्स ‘ए’ का पासाङ तामाङ उत्कृष्ट गोलरक्षक घोषित भए। प्रतियोगिताभर १० गोल गरेका जेभियर इन्टरनेसनल कलेजका अमोद सुवेदी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे।