आकिबको लगातार दोस्रो शतक

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

कीर्तिपुरमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत् त्रिकोणात्मक शृंखलामा आकिब इलियासले लगातार दोस्रो शतक प्रहार गरेका छन्।

मंगलबार त्रिवि मैदानमा ओमानका आकिबले अमेरिकाविरुद्ध १ सय ५ रनको शतकीय इनिङ खेलेका हुन्। यसअघि उनले अघिल्लो खेलमा आयोजक नेपालविरुद्ध करियरकै मेडन शतक प्रहार गरेका थिए।उनले र कप्तान जीशान मकसूदले शतक ठोकेपछि ओमानले अमेरिकालाई ९२ रनले हराएको छ।

१ सय ९ रन जोडेका जीशानको यो करियरकै पहिलो ओडीआई शतक हो। यी दुबैले तेस्रो विकेटका लागि २ सय १६ रनको कीर्तिमानी साझेदारी पनि गरेका थिए। योसँगै नेपालले आयोजना गरेको सो त्रिकोणात्मक शृंखलामा ओमानले चारै खेलमा जित हात पारेको छ। ओमान अंकतालिकामा १६ अंकसहित शीर्ष स्थानमा रहेको छ।

तेस्रो हार बेहोरेको अमेरिका भने १२ अंकसहित दोस्रो स्थानमा छ।यो शृंखला खेल्न अगाडि अमेरिका शीर्ष स्थानमा थियो। नेपालले आज अमेरिकासँग खेल्दैछ। नेपालले शृंखलामा १ जित र २ हार बेहोरेर २ अंक जोडेको छ।