नायिका आँचल शर्माले विवाह गर्दै


न्युज अफ नेपाल, काठमाडौं ।

नायिका आँचल शर्माको बिहे हुने भएको छ । उनी डा. उदिप श्रेष्ठसँग विवाह गर्न लागेकी हुन्।

आउँदो फागुन २९ गते डा. उदिप श्रेष्ठसँग आँचलको विवाह राजधानीको बुढानिलकण्डमा रहेको होटल पार्क भेन्यूमा हुने भएको छ ।

विवाहको भोलिपल्टै फागुन ३० गते उनीहरुको होटल हायातमा भव्य रिसेप्सनको आयोजना गरिने बताइएको छ ।

गत वर्षदेखि प्रेममा रहेकी नायिका आँचलले केहि महिना अघि मात्र आफ्नो र उदिपको प्रेमसम्बन्धको बारेमा खुलाएकी थिइन् ।

दर्शकले पल शाहसँग आफूलाई जोडेपनि शाह आफ्नो मिल्ने साथिमात्रै भएको शर्माले बताएकी थिइन। आँचलले जोनी ‘जेन्टलम्यान’, ‘शत्रु गते’,‘नाई नभन्नु ल’ लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन्।