वेस्टर्न युनियनका विजेता चयन


क्रस बोर्डर र क्रस करेन्सी कारोबार र भुक्तानी कम्पनी वेस्टर्न युनियनले नेपालमा उपभोक्ता प्रवद्र्धन योजनाअन्तर्गत बम्पर लक्की ड्र को विजेता घोषणा गरेको छ।

एक कार्यक्रमका बीच महेन्द्रकुमार लामालाई माघ ५ गते विजेता घोषणा गरी १० लाख रुपियाँ प्रदान गरिएको छ। दशैं, तिहार र छठ पर्वको अवसरमा सेप्टेम्बरमा सार्वजनिक गरिएको थियो।

जहाँ ग्राहकले हरेक हप्ता आफूले प्राप्त गरेको रकमको दोब्बर (बढीमा रु ५० हजारसम्म) जित्ने अवसर पाएका थिए। प्रवद्र्धन अवधिभरिका सम्पूर्णयोग्य कारोबार (साप्ताहिक विजेता कारोबारबाहेक) लाई स्वाचालित रुपमा बम्बर लक्की ड्र मा समावेश गरिएको थियो।

यो प्रवद्र्धनमा सहभागी हुन नेपालका ग्राहकले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्ण ट्राभल, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट प्रालि, नबिल बैंक, डिजिटेक रेमिट्यान्स प्रालि र सूर्य रेमिट प्रालिबाट रकम प्राप्त गरेको हुनुपर्नेछ।