काठमाडौं, (नैस) ।
एनआईसी बैंकले भ्यालेन्टाइन डे लक्षित गरी बैंकको मोबाइल बैंकिङ एप मोबैंकमार्फत कारोबार गर्ने ग्राहकलाई होटल सोल्टी क्राउन प्लाजामा भ्यालेन्टाइन डे को दिन निःशुल्क डिनरको अफर ल्याएको छ।
जसअन्तर्गत ११ फेब्रुअरीदेखि १३ फेब्रुअरी अर्थात माघ २८, २९ र ३० गतेसम्म एनआईसी एसिया बैंकको मोबाईल बैंकिङ एपबाट कारोबार गर्ने २० ग्राहकले आफ्नो प्रेमी–प्रेमीका तथा जीवन साथीसँगै सोल्टीमा विशेष डिनर गर्न पाउनुहुनेछ।
यस बैंकको मोबाईल बैंकिङ एप मार्फत कुनै पनि भुक्तानी जस्तै क्युआर पेमेन्ट, बिजुली बिल भुत्तानी, मोबाइल टपअपलगायतका सेवामा जतिसुकै रकमको कारोबार गर्ने २० जना ग्राहकलाई भ्यालेन्टाइन डे कै दिन डिनरको कुपन प्रदान गरिनेछ।
तर यसमा ईसेवा लोड, खल्ती लोड, क्रेडिट कार्ड पेमेन्ट र रकम ट्रान्सफरलाई भने बैंकले मान्यता दिने छैन। यसको नतिजा बैंकले आफ्नोे फेसबुक पेज तथा जित्नुहुने ग्राहक महानुभावहरूलाई फोनमार्फत जानकारी दिनेछ।
डिनर जित्ने ग्राहकले आफ्नो कुपनसहित भ्यालेन्टाइन डे को दिन अर्थात फेब्रुअरी १४ मा सोल्टी क्राउन प्लाजा होटलमा भब्य डिनर गर्न पाउनु हुनेछ।
प्रतिक्रिया