पश्चिम बंगाल भ्रमणपछि पुर्वराजा ज्ञानेन्द्र फेरी भारत जाँदै

94
Shares

ईश्वरराज ढकाल, काठमाडौं ।

पश्चिम बंगालको भ्रमण गरी झापा फर्कनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह पुन भारत भ्रमणमा निस्कने हुनुभएको छ । यही फागुन १ गते काठमाडौ फर्केलगत्तै तीनदिन काठमाडौ बसाईपछि ४ गते पुनः भारत भ्रमणमा निस्कन लाग्नुभएको हो ।

स्रोतका अनुसार भारतको कुन ठाउँ जाने भन्ने विषय खुलाईएको छैन । १ गते काठमाडौं आउने र कर्मचारीसंग बैठक बसी भारत भ्रमणको स्थान र कार्यतालिका तय गर्ने हुनेभएको छ । दमक स्थित आफ्नै स्वामित्वमा रहेको हिमालयन टी गार्डेनमा बस्नुभएका ज्ञानेन्द्रको सुरक्षा सहितको कन्भेटोली उहा आएको भोलीपल्ट फागुन २ गते काठमाडौं फर्कने भएको छ । उहासंगै पुर्वरानी कोमल , निजी सचिव सागर तिमल्सिना र सबै कर्मचारी काठमाडौं फर्कने छन् ।

‘करिब ३ साता लामो भारत बसाइपछि उहा काठमाडौं फर्कने र पुनः पुर्वाञ्चलको भ्रमणमा निस्कने हुनुभएको छ’–स्रोतले नेपाल समाचारपत्रसंग भन्यो । ज्ञानेन्द्र शाह भारत भ्रमणमा निस्किएपछि यही फागुन ७ गते पुर्वरानी कोमलको जन्मोत्सव नमनाइने भएको छ ।

पटक पटक भारत भ्रमणमा निस्कने गर्नुभएका ज्ञानेन्द्र यो भ्रमण नितान्त व्यक्तिगत भनिएतापनि उच्च तहसंग भेटहुने सम्भावना रहेको निर्मल निवास स्रोतले जनाएको छ ।