पूर्वसचिव कार्कीकी श्रीमतीको उपचारका क्रममा मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्कीको मृत्यु भएको छ ।

घाइते कार्कीको सानेपास्थित स्टार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बिहान आफ्नै निवासमा अचेत अवस्थामा भेटिएकी उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

कार्कीको घरमा कामदार बसेका दाङ घर भएका विजय चौधरी पनि निवासमा मृत फेला परेका थिए । उनको शवमा कुनै प्रकारको चोटपटक नदेखिएको र शव नजिकै डोरी फेला परेको थियो । मृत फेला परेका चौधरीले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।