चीनबाट फर्काइने १८० जना विद्यार्थीको निगरानीमा ६० जना स्वास्थ्यकर्मी खटाइने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

चिनबाट नेपाल ल्याइने विद्यार्थीका लागि ६० जना स्वास्थ्यकर्मी परिचालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

क्वारेन्टाइनमा राखिने नेपालीको स्वास्थ्य निगरानीमा खटिने ६० जना चिकित्सकलाई स्वास्थ्य मन्त्रालयले आज अभिमुखीकरण तालिम समेत दिने बताइएकोे छ ।

उक्त तालिममा स्वास्थ्यकर्मीलाई आफूले गर्ने कामहरु र शंकास्पद देखिएमा के गर्ने भन्ने जस्ता विविध विषयहरुमा तालिम दिइने मन्त्रालयले जनाएको छ । तालिम आज दिउँसो २ बजे इपीडीयोलोजी तथा रोग नियण्त्रण महाशाखा टेकुमा हुने जनाइएको छ ।

मन्त्रालयले छुट्याएको ६० जनामा मेडिकल अफिसर, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, पारामेडिक्स लगायतका स्वास्थ्यकर्मी छन् । उनीहरु विभिन्न अस्पतालमा कार्यरत रहेका छन् ।

वुहानमा रहेका १८० जना विद्यार्थीलाई नेपाल ल्याउने तयारी रहेको छ ।