पूर्वसचिव कार्कीकी श्रीमतीमाथि हत्या प्रयास, कामदार मृत फेला

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

ललितपुरको सानेपास्थित पूर्वसचिव अर्जुन कुमार कार्कीकी श्रीमतीमाथि हत्या प्रयास भएको छ । कार्कीकी श्रीमती मुना कार्की आफ्नै निवासमा घाइते अवस्थामा भेटिएकी छिन् ।

अचेत अवस्थामा रहेकी कार्की भान्छा केठामा भेटिएको प्रहरीले जनाएको छ । घटना करिब १०,११ बजे घटेको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ । घाइते कार्कीको टाउको र घाँटीमा चोट देखिएको प्रहरीले जनाएको छ ।

यस्तै, कार्कीको घरमा कामदार बसेका दाङ घर भएका विजय चौधरी पनि निवासमा मृत फेला परेका छन् । उनको शवमा भने कुनै प्रकारको चोटपटक नदेखिएको र शव झुण्डिएको अवस्थामा फेला परेको छ । चौधरीले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

घटना भएको थाहा पाएपछि छिमेकीले प्रहरीलाई जानकारी दिएका थिए । घटनास्थल पुगेको प्रहरीले कार्कीलाई अस्पताल पुर्‍याएका छन् । कार्कीलाई स्टार अस्पताल पठाइएको प्रहरील जनाएको छ ।