सिभिल बैंकको भीमसेनस्थानमा शाखा


नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सिभिल बैंकको भीमसेनस्थान शाखाको उद्घाटन गर्नुभयो।उद्घाटन कार्यक्रममा काठमाडांै महानगरपालिका– २० का वडा अध्यक्ष राजेन्द्र मानन्धरले आफ्नो वडामा खोलिएको पहिलो बैंक भएकोमा सिभिल बैंकलाई बधाई तथा धन्यबाद दिनुभयो।

उक्त अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंक भीमसेनस्थान शाखाले यस क्षेत्रका सम्पूर्ण बचतकर्ता उद्यमी, व्यवसायी तथा स्थानीयलाई उच्चस्तरीय बैंकिङ सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिबद्धता जनाउँदै यस भेगको अर्थतन्त्र उकास्नको लागि व्यापार व्यवसाय, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउँदै यस भेगको समृद्धिको लागि दत्तचित्त भएर काम गर्ने बताउनुभयो।

सिभिल बैंकको हालसम्म ४ लाख १५ हजारभन्दा बढी ग्राहक रहेको ५२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करिब ५० अर्ब कर्जा लगानी गरेको र यस बैंकको देशभर १०६ वटा शाखा तथा २ एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिङ सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आएको कुरा पनि बैंकले जनाएको छ।