१० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


काठमाडौं, (नेस)।

नेपाल राष्ट्र बैंकले १० करोड रुपियाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले यही माघ २७ गते सोमबार उक्त परिमाणको ट्रेजरी बिल विक्री गर्न लागेको हो।

बैंकका अनुसार कुल ९१ दिने अवधिका लागि उक्त ट्रेजरी बिल बिक्री गर्न लागिएको हो। सोमबार बिक्री गरिने ट्रेजरी बिल आगामी वैशाख ३० गते परिपक्व हुनेछ। बैंकले यसअघि पनि ९५ करोड रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो।