कांग्रेसद्वारा आज पनि संसद अवरुद्ध

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार बसेकोे प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरुले उठेर अवरोध गरेका छन् । कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले नेकपा नेतृत्वको सरकारले आफ्नालाई बचाएको आरोप लगाएका छन् ।

कांग्रेसलाई सिध्याउँने नीति अनुसार सरकार अगाडि बढेको उनले बताए । लालपूर्जा हातमा लिएर हिँड्नेलाई भने सरकारले उन्मुक्ति दिएको विश्वकर्माले जनाए ।

ललिता निवास जग्गा प्रकरणमा मुछिएका उपसभापति विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई गच्छदारविरुद्ध मुद्दा दायर गरिएको भन्दै कांग्रेसले विरोध जनाएको छ ।