अख्तियारविरुद्ध प्रदर्शन गर्ने साझा पार्टीका दर्जनौं नेता कार्यकर्ता पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्यालय घेर्न टंगालस्थित आयोगको मूल गेट अगाडि पुगेका साझा पार्टीका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

ललिता निवास जग्गा प्रकरणमा ठूला नेता र माथिसम्म पहुँच भएका व्यक्तिलाई उन्मुक्ति दिएको भन्दै बिहीबार उनीहरुले आयोगविरुद्ध नारा जुलुस निकालेका थिए ।

‘एक देशमा दुई कानून मान्य नहुने, ठूला नेतालाई उन्मुक्तिको उपहार, यस्तो पाराले कसरी चल्छ अख्तियार ? ’ जस्ता नारा लगाएर सिठी जुलुससहित विरोध प्रदर्शन गरेका थिए । विरोध गर्दै आयोगको गेट अगाडि पुगेका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको हो । साझा पार्टीकी बागमती प्रदेश संयोजक समीक्षा बास्कोटासहित एक दर्जन नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

अख्तियारले ललिता निवास जग्गा प्रकरणमा १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । ललिता प्रकरणमा मुछिएका सत्तारुढ दलका नेताहरुलाई उन्मुक्ति दिइएको बताउँदै साझाले विरोध प्रदर्शन गरेको हो ।