अमेरिकी ईन्जिनियरका अन्तरिक्षमा ३२८ दिन, यसरी बन्यो विश्व रेकर्ड

0
Shares

एजेन्सी ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासामा कार्यरत एक ईन्जिनियर सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा समय बिताउने पहिलो महिला बनेकी छन् । क्रिष्टिना कोच नाम गरेकी ईन्जिनियरले ३२८ दिन अन्तरिक्षमा बिताएर उनी बिहीबार पृथ्वीमा फर्किएकी छन् ।

सबैभन्दा धेरै दिनसम्म अन्तरिक्षमा बिताउने पहिलो महिलाको रुपमा विश्व रेकर्ड राखेर उनी बिहीबार कजाकिस्तानको उत्तर क्षेत्रमा अवतरण गरेकी थिइन् । अन्तरिक्ष यानबाट बाहिर निस्किएपछि हर्षित हुँदै उनले आफू निकै उत्साहित र खुसी भएको बताइन् ।

क्रिष्टिना कोचले पेगी हिविट्सनको रेकर्ड तोडेकी छन् । यसअघि पेगीको नाममा २८९ दिनसम्म अन्तरिक्षमा बिताएको रेकर्ड थियो । अन्तरिक्षमा सबैभन्दा लामो समय ९४३७ दिन० बिताउने व्यक्ति भने रुसका भलेरी पोल्याकोभ हुन् ।

४१ वर्षीया क्रिष्टिना कोच अमेरिकी अन्तरिक्ष एजेन्सी नासामा कार्यरत अमेरिकी इन्जिनियर हुन् । नर्थ क्यारोलिना विश्वविद्यालयबाट उनले इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा स्नातकोत्तर पास गरेकी छिन् । उनलाई नासाले सन् २०१९ को मार्च १४ मा अन्तरिक्षमा पठाएको थियो ।

क्रिष्टिनाले पृथ्वीको कक्षलाई ५ हजार २ सय ४८ पटक घुमेको नासाले जनाएको छ । यस क्रममा उनले २२ करोड ३० लाख किलोमिटर यात्रा गरिन् । नासाका अनुसार उक्त दूरीबराबरको यात्रा गर्दा पृथ्वीबाट चन्द्रमामा २ सय ९१ पटक ओहोर(दोहोर गर्न सकिन्छ ।क्रिष्टिनासँग नासाका अन्य दुई जना सहकर्मीहरु पनि थिए । सन् २०१९ को अक्टोबरमा क्रिष्टिना र जेसिका मेयरले अन्तरिक्ष केन्द्रबाहिर स्पेसवाक गरेका अर्थात् हिँडेकासमेत थिए ।

तस्वीर : नासा