न्युयोर्क, (एजेन्सी)।
युरोपेली देश स्विजरल्यान्ड विश्वको सबैभन्दा महँगो देश बनेको छ। ८६ लाख आवादी रहेको सुन्दर देशहरुमध्यको एक स्विजरल्यान्ड सबैभन्दा महँगा देशहरुको सूचीमा पहिलो स्थानमा परेको हो। त्यसैगरी करिब ५४ लाख आवादी रहेको देश नर्वे उक्त सूचीमा दोस्रो स्थानमा र ३ लाख ६३ हजार आवादी रहेको आइसल्यान्ड तेस्रो स्थानमा परेको छ।
महँगो देशको सूचीमा नेपाल १ सय २२ स्थानमा परेको छ भने सस्तो देशको सूचीमा यो ११ स्थान हो। सबैभन्दा महँगो एसियाली देश जापान उक्त सूचीमा चौथोमा परेको छ। त्यसलाई पछ्याउँदै सिंगापुर नवौंस्थान र दक्षिण कोरिया १० औं स्थानमा परेका छन्। त्यसैगरी दोस्रो ठूलो अर्थतन्त्र भएको चीन महँगो देशको यो सूचीमा निक्कै तल ८० औं स्थानमा परेको छ भने अमेरिका २० औंमा छ।
विश्वको सबैभन्दा सस्तो देशको सूचीमा पाकिस्तान पहिलो स्थानमा परेको छ भने दोस्रोमा अफगानिस्तान र तेस्रोमा भारत परेका छन्। अमेरिकाको आर्थिक अखबार सीईओ वल्र्डले विश्वका १ सय ३२ देशको सर्वेक्षण गरी उक्त सूची जारी गरेको हो।
सर्वेका लागि अखबारले तीन आधार तय गरेको थियो। ती देशमा बस्नेहरुको घरभाडा, भाडाका सामान र रेस्टुरेन्टमा खानाको म्ूल्य समावेश गरिएको थियो। विशेषज्ञहरुले लुगा, ट्याक्सी भाडा, इन्टरनेटको मूल्य पनि समावेश गरेका थिए।
यी विषयमा अखबारले दिएको संख्याका आधारमा यो स्थान दिएको हो। यसमा स्विजरल्यान्डले सबैभन्दा धेरै १ सय २२ अंक पाए। पाकिस्तानले करिब २२ र भारतले करिब २५ अंक प्राप्त गरेका छन्। नेपालले सर्वेक्षणमा २९ अंक प्राप्त गरी ११ औं स्थान पाएको हो।
यो सर्वेक्षण सबै १ सय ३२ देशका राजधानीमा गरिएको थियो। यसका लागि राजधानीका प्रतिष्ठित रेस्टुरेन्ट र नजिकका इलाकाका बस्तीहरुलाई समावेश गरिएको थियो। यसको उद्देश्य विश्वमा लगातार बढिरहेको व्यापारिक सूचकांक उजागर गर्नु हो। यस सूचीमा ठूला र प्रतिष्ठित देश पनि पछाडि परेका छन्।











प्रतिक्रिया