कान्तिपुरविरुद्धको मुद्दा खारेज

0
Shares

काठमाडौं, (नेस)

कान्तिपुर दैनिक तथा यसका प्रकाशकलगायत विरुद्ध परेको अदालतको अवहेलना मुद्दा बिहीबार सर्वोच्च अदालतले खारेज गरेको छ। न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको बृहत् पूर्ण इजलासले सो मुद्दा खारेज गरेको हो।

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली पदमा रहँदा उहाँको जन्ममिति, शैक्षिक प्रमाणपत्र तथा वैवाहिक सम्बन्धको बारेमा जथाभावी लेखेको उल्लेख गर्दै अधिवक्ता तोयानाथ ढुंगानाले अदालतको अवहेलना गरेको दाबीसहित मुद्दा दायर गर्नुभएको थियो।

यससँगै डा. गोविन्द केसीले पनि अदालतको अवहेलना गरेको आरोप लगाई दायर भएको अर्को मुद्दा पनि सोही इजलासले खारेज गरेको छ। डा. केसीले पूर्वप्रधानन्यायाधीश पराजुलीविरुद्ध जथाभावी बोलेको उल्लेख गर्दै अवहेनाको मुद्दा दायर गरिएको थियो।